भिजिट भिसा प्रकरण छानबिनका लागि समिति बनाउन ढिला गर्नु हुँदैन : माओवादी सांसद मोदी

सेयर गर्नुहोस

काठमाडाैं : नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न छानबिन समिति बनाउन एक महिना कुर्न नहुने बताएका छन्। प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै उनले गृहमन्त्री रमेश लेखकको बारेमा भिजिट भिसा प्रकरण प्रश्न उठेको भन्दै यसबारे छानबिन समिति बनाउन ढिला गर्नु नहुने बताएका हुन्।

सांसद माेदीले छिट्टै छानबिन समिति बनाएको खण्डमा गृहमन्त्रीमाथि लागेको आरोपबारे पनि अनुसन्धान भइ संसद सुचारु हुन सहज हुने बताए। ‘गृहमन्त्री ज्यूको बारेमा गम्भीर प्रश्न उठेको छ । भिजिट भिसाको सम्बन्धमा आज देखिरहनुभएको छ । सरुवा, बढुवा प्रणालीमा पनि जुनियरलाई सिनियर र सिनियरलाई जुनियर भन्ने गरिएको छ’, उनले भने, ‘यी सबै विषयहरूमा कमसेकम यो संसदले एउटा छानबिन समिति बनाउनुपर्छ । एक महिना भित्रमा आफैँ पनि बनाउने भनेर बोल्नुभएको छ । एक महिना किन पर्खिने चाँडै गरिदिए एउटा निकास पनि हुन्छ । तपाईँमा लागेको, गृह मन्त्रालय, भिजिट भिसामा देखिएको समस्याहरूको बारेमा समाधान हुन्छ ।’

सांसद मोदीले भिजिट भिसा प्रकरणमात्र नभइ गृह प्रशासनसँग सम्बन्धित विकृति अनुसन्धान गर्न पनि छानबिन समिति बनाउनुपर्ने माग गरे। थाहा खबर

Facebook Comments Box