समाजवाद अनुरूपको बजेट नआउँदा नारा र बहिष्कार चल्यो : देवेन्द्र पौडेल
काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले समाजवादको लक्ष्यअनुरूप बजेट विनियोजन नभएकाले संसद्मा नारा लागेको र बहिष्कार भएको ठोकुवा गरेका छन्।
शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले समाजवादलाई साझा सपना, सङ्कल्प र लक्ष्यका रूपमा व्याख्या सरकारमा त्यसअनुसारको दृढ इच्छाशक्ति नदेखिएको टिप्पणी गरे। समाजवादका साझा सपना, सङ्कल्प, लक्ष्य र उद्देश्य प्राप्तिका लागि सरकारको इच्छाशक्ति र दृढ सङ्कल्प नहुनु दुःखद भएको बताए। उ
नले समाजवादको लक्ष्यअनुरूप बजेट नआएका कारण सदनभित्र सत्तापक्ष, प्रतिपक्षी, नारा र बहिष्कार चलिरहेको जिकिर गरे। उनले बजेटले उक्त कुराको दिशाबोध नगर्नु समेत दुःखद भएको बताउँदै आफूले बजेटमा देश निर्माणको सपना खोजी रहेको बताए।
पौडेलले भने, “यो बजेट साँच्चिकै समाजवादको लक्ष्यअनुरूप आएको हुन्थ्यो भने यो सदनभित्र सत्तापक्ष, प्रतिपक्षी, कोही नारा, कोही बहिष्कार हुने थिएन। बाहिर सडकमा राजनीतिक पार्टीहरू, बौद्धिक समुदाय, सेना, प्रहरी, निजामती, शिक्षक, प्राध्यापक, निजी क्षेत्र, व्यवसायी सबै एकजुट भएर बजेट कार्यान्वयनको सङ्कल्पसहित एकजुट भएर अघि बढ्थे। पक्ष र प्रतिपक्षी होइन, देश निर्माणको सपना खोजी रहेको छु, त्यो भेटिएन।”
उनले बजेटले सरकारमा आशा जगाउन नसकेको जिकिर गरे। थाहा खबर

