बजेटले संविधानले भनेबमोजिम तीन खम्बे अर्थनीतिको बेवास्ता गर्‍योः सांसद शर्मा

सेयर गर्नुहोस

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले संविधानले भनेअनुसार तीन खम्बे अर्थनीतिको बेवास्ता गरेको बताएका छन्।

बिहीवार प्रतिनिधि सभाको बैठकमा विनियोजन शीर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद शर्माले संविधानले भनेको तीनखम्बे अर्थनीतिको विपरीत नवउदारवादी मान्यतामा बजेट गएको आरोप लगाएका हुन्।

उनले आजको आवश्यकतामा पुँजी निर्माणको महत्वलाई बजेटले बोध नगरेको र पुजिएको अर्थतन्त्रको रुपमा सुशासनले थला पारेको अवस्थामा संघीयतालाई कार्यान्वयन नगर्ने अवस्थामा प्रस्तुत भएको दाबी गरे।

चालु खर्चको कटौतीका कुरा उठेको थियो, साना योजना नराख्ने कुरा उठेको थियो भन्दै सांसद शर्माले अर्थमन्त्रीलाई सुन्ना घटाउने र बढाउनेको अर्थमा लिएको टिप्पणी गरे।

उनले संविधान कार्यान्वयनमा अवरुद्धता आइरहेको बताउँदै समितिबाट आएका विधेयकहरू संसदमै रोकिनु निर्माण भइसक्नुपर्ने कानून नबन्दा समस्या उत्पन्न भइरहेको दाबी गरे। सांसद शर्माले स्थानीय तहलाई जनताको घरघरमा गर्ने सेवाका लागि स्रोत साधन र संरचना दिनुपर्नेमा संघले त्यो पनि कटौती गरेको आरोप लगाए।

उनले नेपाली विशेषता खोजेर देशको अर्थतन्त्रको निर्माण गर्नुपर्ने भएपनि बजेट केबल परम्पराको निरन्तरताको रुपमा मात्र काम गरेको टिप्पणी गरे। थाहा खबर

Facebook Comments Box