इन्टर मिलान बराबरीमा रोकियो

सेयर गर्नुहोस

एजेन्सी

काठमाडौं : फिफा क्लब विश्वकप अन्तर्गत इन्टर मिलान मेक्सिकन क्लब मोन्टेरीसँग बराबरीमा रोकिएको छ।

आज बिहान भएको समुह इ अन्तर्गतको खेलमा इन्टर मिलान र मोन्टेरी १–१ गोलको बराबरीमा रोकिएका हुन्।

मोन्टेरीका लागि सर्जियो रामोसले खेलको २५औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए। तर खेलको ४२औं मिनेटमा लाउतारो मार्टिनेजले गोल गर्दै इन्टर मिलानका लागि बराबरी गोल गरेका थिए।

यसअघि यसै समुहमा रहेको रिभर प्लेटले उर्वा रेड्सलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो।
समुह इ मा पहिलो खेलपछि रिभर प्लेटको ३ अंक भएको छ भने इन्टर मिलान र मोन्टेरीको एक एक अंक भएको छ। त्यस्तै उर्वा रेडस अंकविहिन छ। थाहा खबर

Facebook Comments Box