फिफा क्लब विश्वकप : इजिप्टको क्लबसँग बराबरीमा रोकियो इन्टर मियामी

सेयर गर्नुहोस

काठमाडौं : फिफा क्लब विश्वकपको उद्घाटन खेलमा घरेलु टिम इन्टर मियामीले इजिप्टको अल आलीसँग गोलरहित बराबरी खेलेको छ।

फ्लोरिडास्थित हार्ड रक स्टेडियममा भएको खेलको पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । अल आलीले ब्रेकअघि गोलका दुई सुनौला अवसर गुमाएको थियो।

३०औँ मिनेटमा वासम अबु अलीले गोल गरेका थिए। तर, उनले खुशीयाली मनाइरहँदा असफाइड भएको भन्दै गोलले मान्यता पाएन। ४३औँ मिनेटमा अल आली पेनाल्टीमा चुक्दा मायामीलाई राहत मिल्यो। ट्रेजे गोएटको पेनाल्टी मियामीका गोलकिपर अस्कर उस्तारीले उत्कृष्ट बचाउ गरे।

दोस्रो हाफमा पनि अल आली हाबी भयो तर डेडलक तोड्न भने सकेन। मियामीका लियोनल मेसीले गोलका केही राम्रा अवसर सिर्जना गरेका थिए। तर सदुपयोग गर्न भने सकेनन्।

समूह ए मा रहेका दुवै टिमले एक–एक अंक बाँडेका छन्। यो खेल हेर्न ६० हजार ९ सय २७ दर्शक स्टेडियम पुगेका थिए। थाहा खबर

Facebook Comments Box