पत्रकारितामा साँचो र झूटो छुट्याउन गाह्रो भयो : सभामुख घिमिरे

सेयर गर्नुहोस

काठमाडौँ: सभामुख देवराज घिमिरेले अहिले पत्रकारितामा साँचो र झूटो छुट्याउनै गाह्रो भएको चिन्ता व्यक्त गरेका छन्।

ललितपुरमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सूचनाको हक, वाक् स्वतन्त्रताको हक, प्रेसलाई व्यवहारिक बनाउन अहिले पनि केही कानून छलफलका क्रममा रहेको जिकिर गरे।

उनले कानूनलाई छिटै व्यावहारिक रूपबाट निर्णयमा पुर्‍याउने र कार्यान्वयन गर्न आवश्यक रहेको पनि बताए। उनले सच्चाइ बोकेर अघि बढ्ने कुरामा चुनौती आएको पनि बताए।

सभामुख घिमिरेले भने, ‘अहिले पत्रकारितामा के साँचो हो र के झूटो हो ? भन्ने छुट्याउन गाह्रो भएको छ। सच्चाइलाई बोकेर अघि बढ्ने कुरामा चुनौती आएको छ।’

सभामुख घिमिरेले सञ्चारमाध्यमले मातृभाषाको संरक्षण र संवर्धन गर्न आवश्यक रहेको पनि बताए। थाहा खबर

Facebook Comments Box