अध्यक्ष ओलीले गुटबन्दी गर्‍यो भन्न मिल्दैन, भनेको जस्तो पनि लाग्दैन : विद्या भण्डारी

सेयर गर्नुहोस

विराटनगर : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले गुटबन्दी नगरेको बताएकी छिन्। विराटनगर विमास्थलमा मंगलवार पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन्।

पहिलेदेखि नै मूलधारको राजनीतिमा आफू लागेकाले गुटबन्दी गर्‍यो वा के गर्‍यो भन्न नमिल्ने उनको भनाइ छ।

‘नेकपा एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओलीले मलाई नै तोकेर भन्नुभयो भन्ने मलाई लाग्दैन, म पहिलेदेखि नै मूलधारको राजनीतिमा लागेको मान्छे मलाई गुटबन्दी गर्‍यो भन्न उहाँले मिल्दैन’, उनले भनिन्, ‘तपाईंहरूले गलत अर्थ लगाएको भन्ने मलाई लाग्छ।’

सक्रिय राजनीतिमा आउँदा अध्यक्ष आफू हुने कुराले अरु आकांक्षीहरूलाई केही प्रश्न उठएको हुन सक्ने उनले बताइन्। उनले आफूले कुनै व्यक्तिगत आकांक्षा नराखेको बताउँदै राष्ट्रिय आकांक्षा पूरा गर्न जहाँ बसेर पनि काम गर्नेमा उनले जोड दिइन्।

अध्यक्षको प्रतिस्पर्धी भनेर पनि चर्चा छ भइरहेको छ नि? भन्ने प्रश्नमा उनले भनिन्,’ नेकपा एमालेका अध्यक्षज्यूले विद्या भण्डारीलाई प्रतिस्पर्धी देखेर यस्ता धारणा राखिरहुन भएको छ भन्ने मलाई पटक्कै लाग्दैन।’

उनले आफू कुनै कार्यक्रममा हिँड्न पार्टीको अनुमति लिइरहन जरुरी नरहेकोसमेत बताइन्।

‘मैले पनि समाजसँग साक्षात्कार त गर्दै गर्नुपर्यो। भेटघाट गर्दै गर्नुपर्यो। के छ समाजको अवस्था, युवा पुस्ता के भन्छन् भन्ने बुझ्नुपर्छ’, उनले भनिन्, ‘त्यो हिसाबले म देशभित्र घुमफिर गर्न मैले पार्टीको, नेताहरूको अनुमति लिइरहनु पर्दैन।’ थाहा खबर

Facebook Comments Box