संविधान समय र परिस्थितिअनुसार संशोधन गर्न सकिन्छः मन्त्री राई

सेयर गर्नुहोस

काठमाडौं : रक्षामन्त्री मानवीर राईले संविधान समय र परिस्थितिअनुसार संशोधन गर्न सकिने बताएका छन्।

सोमबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री राईले यस्तो बताएका हुन्।

गैह्रआवासीय नेपाली र ब्रिटिश गोरखामा भर्ती भएकाहरूको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताए। संविधानका कतिपय जटिलताहरू संशोधन गर्दै जानुपर्ने विषय भएको पनि बताए। उनले नेपालको संविधान अपरिवर्तनीय नभनिएको बताउँदै संविधान अकाट्य वस्तु नरहेको जिकिर गरे।

मन्त्री राईले नेपालले केही सीमानाहरू गुमाउनु परेको भएपनि नेपाल स्वतन्त्र देश रहेको बताए। उनले नेपालको इतिहास र वीरतालाई गौरव मानेर अघि बढ्नुपर्ने बताए। थाहा खबर

Facebook Comments Box