अनेरास्ववियुको नेतृत्व चयनका लागि प्रक्रिया सुरु हुँदै
काठमाडौं : नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनको प्रक्रिया आज सुरु हुँदैछ।
त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा जारी महाधिवेशनमा अहिले बन्दशत्र भइरहेको छ। हिजो उद्घाटन सत्र सकिएलगत्तै प्रस्तुत भएका राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गर्न १० समूह बनाइएका छन्। आज ती प्रतिवेदनमाथिको समूहगत छलफल सकाएर प्रतिवेदन पारित गरिनेछ।
आज साँझसम्म निर्वाचन प्रक्रिया सुरु हुने अनेरास्ववियुका निवर्तमान अध्यक्ष समिक बडालले जानकारी दिए। अनेरास्ववियुमा यसपटकदेखि ३२ वर्षे उमेरहद लाग्दैछ। उमेरहदका कारण यसअघिको कमिटीका १७ पदाधिकारी र तीन आयोग प्रमुखमध्ये १५ जना बाहिरिएका छन्। थाहा खबर
Facebook Comments Box

