राजावादी आन्दाेलन समिति दुईचिरा, प्रवक्ता स्वागत नेपाल भन्छन् : अब आन्दोलन नयाँ शिराबाट
काठमाडौं : राजावादी आन्दाेलन संयुक्त समिति दुईचिरा भएकाे छ। नवराज सुवेदीको नेतृत्वमा गठित संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले नै ‘अवसरवादी, अहंकारी र स्वार्थी बुढाहरू’का कारण आन्दोलन कमजोर भएको भन्दै आन्दाेलनलाई नयाँ शिराबाट अघि बढाउने घाेषणा गरेका छन्।
आइतबार सामाजिक संजालमा नेपालले सकेसम्म बुढाहरूलाई मिलाउन सम्झाउन प्रयास गरे पनि उनीहरूको स्वार्थ र अहंकारले आन्दोलनलाई कमजोर परेको आरोप लगाएका छन्। उनले अब नयाँ सिराबाट युवाकाे नेतृत्वमा सशक्त आन्दोलन अघि बढ्ने बताएका छन्। थाहा खबर
Facebook Comments Box

