प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पताल उद्घाटन

सेयर गर्नुहोस

मोरङ : प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेशनको उद्घाटन गरेका छन्।

आज यहाँ आयोजित विशेष कार्यक्रममा उनले उक्त अस्पतालको उद्घाटन गरेका छन्।

मुलुकको पूर्वी क्षेत्रका विपन्न वर्गलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले सामाजिक व्यवसायको भावनाबमोजिम सो अस्पताल स्थापना भएको हो।

प्रधानमन्त्री ओलीलाई अस्पतालका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डललगायतले स्वागत गगरेका थिए। थाहा खबर

Facebook Comments Box