विद्यालयहरूले सीपसहितको सक्षम जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

सेयर गर्नुहोस

काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विद्यालयहरूले सीपसहितको सक्षम जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताएका छन्। रत्नराज्य मावि, नयाँ बानेश्वर काठमाडौंको ६४औं वार्षिकोत्सव कार्यक्रममा अहिले शैक्षिक बेरोजगारको संख्या धेरै भएकोमा चिन्ता व्यक्त गर्दै अब सीपसहितको शिक्षा हुनुपर्ने धारणा राखे।

उनले भने, ‘शैक्षिक प्रमाणपत्रसँगै सीपको प्रमाणपत्र दिएर विद्यार्थीले चाहेको लक्ष्यमा पुग्न सक्ने सक्षम बनाउनेतर्फ अब विद्यालयहरूले ध्यान दिनुपर्छ।’

त्यस्तै उपप्रधानमन्त्री सिंहले असल जनप्रतिनिधि छाने राम्रो काम हुन्छ भन्ने उदाहरण काठमाडौं १ भएको पनि बताए। ०६४ अघि र अहिलेको अवस्था तुलना गर्न आग्रह गर्दै क्षेत्रमा विकासले गति लिएको दाबी गरे।

‘झन्डा फर्फराउन, सांसद हुन जनप्रतिनिध बनेका होइनौं। देश र समाजको, देशको, जनताको सेवा गर्न राजनीतिमा लागेका हौं’, उनले भने, ‘त्यसैले जनप्रतिनिधिले आफ्नो निर्वाचन क्षेत्रमा शिक्षा,स्वास्थ्य,खानेपानी र अन्य पूर्वाधार विकाससँगै कुनै समस्या परेको बेलामा समाधानका लागि पहल गर्नुपर्छ।’ थाहा खबर

Facebook Comments Box