भ्रष्टाचार मुद्दापछि ओली लक्षित माधवको टिप्पणी : पूर्वाग्रह र बदलाको भावनाले जलिरहेका छन्

सेयर गर्नुहोस

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले पूर्वाग्रहका साथ आफूमाथि भ्रष्टाचार मुद्दा लगाइएको दाबी गरेका छन्। पार्टीको मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै बदलाको भावनाले पोलिरहेकाहरूले मुद्दा हालेको टिप्पणी गरे।

‘नेपालको राजनीतिमा हाम्रो पार्टीको भूमिका महत्त्वपूर्ण रहेको छ, पार्टीको महत्त्वपूर्ण भूमिका देखेर कतिपय व्यक्तिहरू आत्तिएका छन्’, ओलीलाई लक्षित गर्दै उनले भने, ‘पूर्वाग्रह राखेका छन्, बदलाको भावनाले उनीहरूलाई पोलिरहेको छ। त्यसैको एउटा उदाहरण ममाथि भ्रष्टाचारको मुद्दा लगाउन पहल भएको छ।’

अध्यक्ष नेपालले आफूले गल्ती नगरेकाले न्यायालयले न्याय दिने विश्वास पनि व्यक्त गरे। ‘मैले भन्ने गरेको छु, नबिराउनू–नडराउनू। आफ्नो स्वार्थको लागि कुनै काम भएको छैन भनेर आत्तिनुपर्ने छैन। गलत आरोपमा दृढतासाथ उभिन्छौँ। मलाई विश्वास छ न्यायपालिकाले मलाई न्याय दिनेछ, हामीले न्यायालयलाई विश्वास गर्नुपर्छ।’ थाहा खबर

Facebook Comments Box