नेकपा एस सर्लाहीकाे ठहर : अध्यक्ष नेपाविरुद्ध ओलीले प्रतिशोध साँधे
काठमाडौं : एकीकृत समाजवादी सर्लाहीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गर्नुलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिशोधका रुपमा अर्थ्याएको छ। शुक्रबार बसेको पार्टीको जिल्ला कमिटीको आकस्मिक बैठकले यस्तो निष्कर्ष निकालेको हो।
बैठकपछि सर्लाही जिल्ला इन्चार्ज लक्ष्मण पौडेल र अध्यक्ष सुरेन्द्र लामाले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओली नेपालमाथि प्रतिशोध साँध्ने हिसाबले विगतदेखि नै लाग्दै आएको ठहर गरिएको छ। साथै पार्टी केन्द्रले यसको कानूनी प्रतिवाद गर्ने विश्वास व्यक्त गरिएको छ।
यसअघि कुनै पनि मन्त्रीपरिषद् बैठकले गरेको नीतिगत निर्णयमा आजसम्म कुनै पनि प्रधानमन्त्रीलाई मुद्दा नचलाइएको भन्दै नेकपा एस सर्लाहीले यसको विरोध गरेको हो। थाहा खबर
Facebook Comments Box

