पत्रकारमाथि वरिष्ठ अधिवक्ता थापाले गरेका दुर्व्यवहारकाे प्रेस चौतारीले गर्‍यो निन्दा

सेयर गर्नुहोस

काठमाडौं : प्रेस चौतारीले पत्रकारमाथि वरिष्ठ अधिवक्ता शम्भु थापाद्वारा भएको दुर्व्यवहारको निन्दा गरेको छ। बिहीबार आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय बाहिर फाेटाे पत्रकार उमेश कार्कीले तस्बिर लिइरहेका बेला क्यामेरामा हानेका थिए ।

शुक्रबार प्रेस चाैधरीका महासचिव हिरामान लामाले विज्ञप्तिमार्फत उक्त घटनाकाे विराेध गरेका हुन्। यसलाई चाैधरीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएकाे ठहर गरेकाे छ।

साथै श्रमजीवी पत्रकारमाथि आइपरेका संकटमा मुकदर्शक नभई सशक्त आवाज उठाउन नागरिक समाज, पेसागत संघसंगठनहरूलाई आग्रह पनि प्रेस चौधरीले गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनले थापालगायतका कानून व्यवसायीसँग छलफल गरेका थिए। त्यसक्रममा सञ्चारकर्मीहरू समाचार संकलनका लागि पुगेका थिए। छलफल सकिएर बाहिरिने क्रममा थापाले पत्रकारमाथि दुर्व्यवहार गरेका हुन्।थाहा खबर

Facebook Comments Box