गृहमन्त्रीले राजीनामा दिनुपर्छ : माओवादी

सेयर गर्नुहोस

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद नरबहादुर बिष्टले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने बताएका छन्।​

राष्ट्रियसभाको बिहीवारको बैठकमा बोल्दै सांसद बिष्टले गृहमन्त्रीको राजीनामाको माग दोहोर्‍याएका हुन्। भिजिट भिसाको आवरणमा मानव तस्करीमा संलग्न नभएको पुष्टि नभएका कारण गृहमन्त्रीमाथि छानबिन हुन आवश्यक रहेको उनको भनाइ छ।

विष्टले भने, ‘समग्र रुपमा मानव बेचबिखनमा संलग्न भएका व्यक्तिहरूलाई एउटा उच्चस्तरीय छानबिन समिति बनाएर तत्काल कारबाही गर्नुपर्छ। गृहमन्त्री पनि निर्दोष भएपछि पुनर्बहाली भइहाल्नुहुन्छ दोषी हुनुभयो भने जेल जानुहुन्छ। अहिले उहाँ निर्दोष हुनुहुन्छ भनेर कसरी भन्ने ?’

भिजिट भिसा प्रकरणमा देखिएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने उनको माग छ। थाहा खबर

Facebook Comments Box