विधेयकलाई समितिमा धेरै समय होल्ड गर्नु हुँदैन : प्रमुख सचेतक बर्तौला

सेयर गर्नुहोस

काठमाडौँ : नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयकलाई समितिमा धेरै होल्ड गर्न नहुने बताएका छन्।

नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि प्रारम्भिक छलफलका लागि सोमवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले यस्तो बताएका हुन्।

उनले विधेयकमाथि छलफल गर्दै जाँदा जति समय मागे पनि विधेयकलाई समितिमा लामो समय होल्ड नगरी गरी अगाडी बढ्ने कार्य तालिका बनाउनुपर्नेमा जोड दिए।

उनले समग्र परिस्थिति र सबैको अनुकूलतामा समितिको बैठक बोलाएर विधेयकमाथि छलफल गराउन सभापतिसमक्ष आग्रह गरे। उनले संसद बैठकलाई समेत ख्याल राख्दै समिति बैठक निरन्तर आह्वान गर्दै विधेयकलाई टुङ्गोमा पु¥याउनुपर्ने जिकिर गरे। थाहा खबर

Facebook Comments Box