दुम्किबासमा ४ दिनपछि दुईतर्फी यातायात सञ्चालन
नवलपरासी ।
चार दिनअघि दुम्किबासको विनयी खोलको डाइभर्सन सडक बगाएपछि एकतर्फी सञ्चालन भइरहेको यातायात आइतबार बिहानदेखि दुईतर्फी नै आउजाउ सुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुईतर्फी गाडी आउजाउ सुरु भएपछि दाउन्नेमा गत २२ घन्टादेखि रोकिएका गाडी गन्तव्यतर्फ छुटेका छन् । महेन्द्रराजमार्ग हुँदै पूर्व–पश्चिमका लागि छुटेका गाडी दुम्किबासको विनयी खोलाको डाइभर्सनमा एकतर्फी यातायात सञ्चालन हुँदा पालो पर्खेका सयौं गाडी दाउनन्ने र दुम्किबासमा अलपत्र थिए । शनिबार दिउँसो दाउन्नेदेखि चोरमारा नजिकसम्मको १७ किलोमिटरसम्म जाम थियो ।
गत बुधबार राति बगाएको डाइभर्सन निर्माण गरेर आज आइतबार बिहानदेखि दुईतर्फ नै यातयात सुचारु भएको हो ।
सडक बिस्तारको क्रममा रहेको दाउन्नेको १४ किलोमिटर सडक खण्डमा दिनहुँ घण्टौं जाम हुने गरेको छ । सडक निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले त्यहाँ कछुवा गतिमा काम गर्दा यस्तो समस्या भइरहेको हो । वैखरी
