यस्तो छ प्रतिनिधि सभाकाे असार १२ सम्मको कार्यतालिका

सेयर गर्नुहोस

काठमाडौं : प्रतिनिधिसभा बैठकको असार १२ सम्मको पाक्षिक सम्भावित कार्यतालिका सार्वजनिक गरिएको छ। शुक्रबार दिउँसो बसेको कार्यव्यवस्था समितिको बैठकले जेठ १६ देखि ३१ गतेसम्म र असार १ देखि १२ गतेसम्मको सम्भावित कार्यसूची टुङ्ग्याएको हो।

जसअनुसार जेठको बाँकी दिनमा १० वटा र असार १२ सम्म ९ वटा बैठक निर्धारण गरिएको छ।
संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार यही २० गतेबाट बजेटमाथि छलफल प्रारम्भ हुनेछ। २३ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि उठेका जवाफमा प्रष्टीकरण दिने छन्।

२६ गतेबाट मन्त्रालयगत छलफल र खर्च कटौतीका प्रस्तावहरू राखिएको छ।

यस्तै सम्भावित तालिकाअनुसार २० गते संघीय निजामती सेवा विधेयक र २५ गते भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पेश गरिनेछ। थाहा खबर

Facebook Comments Box