राजतन्त्र पक्षधरको आन्दोलनले काठमाडौँ प्रभावित

सेयर गर्नुहोस

काठमाडौँ : राजसंस्था पुनःस्थापनाको मागसहित काठमाडौँमा भइरहेको ‘संयुक्त जनआन्दोलन’ले काठमाडौँको यातायात प्रभावित भएको छ।

उनीहरूले गरेको प्रदर्शनले बिजुलीबजार-बबरमहल खण्डको मुख्य सडक कब्जा गरेको छ।

आज पनि जारी आन्दोलनमा सहभागी राजतन्त्र पक्षधरले प्रदर्शन गर्दा उक्त सडकखण्ड कब्जा गरेका हुन्।

माइतीघरमा उपस्थित भएका राजतन्त्र पक्षधरले नयाँ बानेश्वरतर्फ आउने क्रममा बबरमहल बिजुलीबजारको मुख्य सडक कब्जा गरेका हुन्।

माइतीघरबाट बानेश्वरतर्फ जाने यात्रु घण्टौँसम्म जाममा फसेका छन्।

यातायात ठप्प भएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सवारीसाधन अवरुद्ध नगर्न आग्रह गरेका छन्।

आन्दोलन नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति र राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिरहेको छ। थाहा खबर

Facebook Comments Box