‘असारे भ्रमण’ भनेर प्रश्न उठ्छ, आर्थिक वर्षको अन्त्यतिर अनुगमन भ्रमण नगरौँः कार्यवाहक सभापति अर्याल
काठमाडौं : राष्ट्रिय स्वतत्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आर्थिक वर्षको अन्त्यतिर संसदीय समितिले अनुगमन र भ्रमण गर्न नहुने बताएका छन्।
शुक्रवार सिंहदरबारमा बसेको संघीय संसदको संसदीय सुनुवाई समितिमा बोल्दै कार्यवाहक सभापति अर्यालले यस्तो धारणा राखेका हुन्।
समाजमा बजेट सक्नको लागि ‘असारे भ्रमण’ गर्ने प्रवृत्तिमाथि प्रश्न उठ्ने गरेको उल्लेख गर्दै असार महिनामा अनुगमन र भ्रमणका कार्यक्रमहरू गर्न नहुने उनको भनाइ छ।
उनले बजेट सक्नको लागि मात्र नभई अनुगमन र भ्रमण समयसापेक्ष र योजना अनुसार हुनुपर्ने बताए। उनले समितिले सुनुवाई प्रक्रियाको प्रभावकारितालाई बढाउनुपर्नेमा समेत जोड दिए। भ्रमणको सट्टा पूर्वराजदूत र न्यायाधीशहरूसँगको अघिल्लो सुनुवाईमा व्यक्त प्रतिवद्धता कार्यान्वयन भए÷नभएको समीक्षा गर्नुपर्ने उनको भनाइ छ।
उनले वर्तमान समयमा अनावश्यक भ्रमणभन्दा समितिको जिम्मेवारीमा केन्द्रित भई समितिको प्रभावकारिता बढाउनुपर्नेमा जोड दिए। थाहा खबर
