१५ फाल्गुन २०८०, मंगलवार

अस्थाई शिक्षक संघर्ष समतिद्धारा आन्दोलन

images

कपिलवस्तु,असोज २०
अस्थाई शिक्षक संघर्ष समिति कपिलवस्तुले अस्थाई शिक्षकहरुको माग पुरा भएन भने कडा आन्दोलनमा जाने चेतावनी दिएको छन् । आज यशोधरा माध्यमिक विद्यालय तौलिहवामा अस्थाई शिक्षक संघर्ष समितिका अध्यक्ष कनकमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले अस्थाई शिक्षकको माग पुरा भएन भने कडा आन्दोलन गर्ने निर्णय गरेका हुन्। । अस्थाई शिक्षकहरुको व्यवस्थापनको कार्य सम्झौता अनुसार गरिनु पर्ने २०७३ असोज १० गतेसम्म कार्यरत रहेका सम्पूर्ण अस्थाई शिक्षकहरुलाई २०७३ सालको बजेटले कर्मचारी र शिक्षकहरुको तलव बृद्धि भए अनुसार गोल्डेन हैण्ड सेकको व्यवस्था गर्नु पर्ने , सम्पूर्ण अस्थाई शिक्षकहरुलाई आन्तरिक प्रतियोगितामा सहभागि गराउनु पर्ने र परीक्षामा अनुर्तीण भएकालाई गोल्डेन हेण्डसेकको व्यवस्था गर्नु पर्ने लगायतका मागहरु उल्लेख गरिएको छ । आजैको बैठकले आन्दोलनको लागि कनकमान श्रेष्ठको नेतृत्वमा पाँच जनालाई काठमान्डौँ पठाउने निर्णय सहित अस्थाई शिक्षकहरुबाट जनही एक हजारका दरले सहयोग लिने निर्णय पनि गरिएको अस्थाई शिक्षक संघर्ष समितिका सदस्य दयासंकर केवटले जानकारी दिएका छन् ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट