‘फासीवाद अन्त्य भयो तर शासकमाझ यो प्रवृत्ति कायमै छ’

सेयर गर्नुहोस

काठमाडौं : विश्वबाट फासीवाद अन्त्य भएको ८० वर्ष पुगेको अवसरमा काठमाडौंमा पनि विशेष कार्यक्रम आयोजना गरियो।

फ्रेण्ड्स अन क्लाउडले शनिबार आयोजना गरेको कार्यक्रममा कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल, पूर्व राजदूत टंक कार्की, पूर्व राजदूत महेश दाहाल, विदेश मामिलाका ज्ञाता जेसन वैद्य, फ्रेण्ड्स अन क्लाउडका अध्यक्ष शोमित उप्रेती लगायतले धारणा राखे।

नेता रिजालले नेपालको संवेदनशीलतालाई ध्यानमा राखेर छिमेकी राष्ट्रबारे धेरै बोल्न नहुने धारणा राखे। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सैद्धान्तिक र व्यावहारिक राजनीति परिपक्व नभएकोसमेत टिप्पणी गरे।

एमालेका नेता एवं पूर्व राजदूत टंक कार्कीले फासीवाद अन्त्य भए पनि विश्वका शासकमा यो प्रवृत्ति अहिले पनि कायम रहेको दृष्टान्त प्रस्तुत गरे । उनले विश्व ध्रुवीकरणको चर्चा गर्दै त्यसको असर नेपालमा पनि पर्ने भएकाले दलहरु सचेत हुनुपर्ने धारणा राखे।

विदेश मामिला विज्ञ जेसन वैद्यले फासीवादको इतिहास, सन्दर्भ र नेपाल मामिलाको चर्चा गर्दै परिवर्तनको पक्षमा दृष्टिकोण प्रस्तुत गरे। थाहा खबर

Facebook Comments Box