नेपालमा कुनै संकट छैन : प्रधानमन्त्री ओली

सेयर गर्नुहोस

काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै संकट नरहेको दावी गरेका छन्।

शनिवार मदन-आश्रित स्मृति दिवसको कार्यक्रमलाई बल्खुमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले कुनैपनि कुराको संकट नभएकाले ढुक्क भएर आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरे।

उनले आफूहरूलाई मार्ग निर्देश गर्न मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद रहेको बताए। उनले आफूहरूका प्रेरणाका स्रोत मदन भण्डारी, जीवराज आश्रित जस्ता महान् नेताहरू रहेको र उनीबाट सही ढंगले वैचारिक हिसाबले मार्गनिर्देशन भइरहेको बताए।

प्रधानमन्त्री ओलीले आजको परिस्थिति एउटा अनुकूल परिस्थिति भएको र अनुकूल परिस्थितिलाई प्रत्यक्ष राजनीतिक आक्रमण, दलगत आक्रमण र पार्टी विशेषलाई केन्द्रित गरी पार्टी अध्यक्षमाथि व्यक्तिगत रूपमा पनि केन्द्रित गरेर हमला भइरहेको बताए।

महाभारत युद्धका वेला युधिष्ठिरलाई घेराउ गरे जस्तै आफूलाई पनि त्यही हिसाबले घेर्ने काम भइरहेको उनले बताए। नेता ढल्यो भने पार्टी ढाल्न सहज हुने बुझाइले आफूमाथि प्रहार भइरहेको जिकिर गरे।

प्रधानमन्त्री ओलीले भने, ‘आजको परिस्थिति भनेको एउटा अनुकूल परिस्थिति हो। यस अनुकूल परिस्थितिलाई प्रत्यक्ष राजनीतिक आक्रमण, दलगत आक्रमण, त्यो पनि पार्टी विशेषलाई केन्द्रित गरेर, त्यसमा पनि पार्टी अध्यक्षमाथि व्यक्तिगत रूपमा पनि केन्द्रित गरेर हमला भइरहेको छ।’

प्रधानमन्त्री ओलीले आफूहरू सत्यको मार्गमा रहेकाले अन्तिममा विजय सत्यकै हुने जिकिर गरे। थाहा खबर

Facebook Comments Box