विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिऊँ : सिके राउत
काठमाडौँ : जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले संघीय सरकारले विकास निर्माणका काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले यस्तो माग गरे।
स्थानीय स्तरका सडक, ढलानजस्ता विकास निर्माणको कार्य संघीय सरकारको नभएको उहाँले तर्क गरे।
उनले विकास कार्यमा केन्द्र सरकारले समन्वय र सहकार्यको भूमिका मात्रै खेल्नुपर्ने बताए। अध्यक्ष राउतले ‘जनता आवास कार्यक्रम’ प्रति प्रश्न उठाउँदै यसले विपन्न वर्गलाई विस्थापित बनाएको आरोप लगाए।
उनले सरकारले ल्याउने बजेटले जनताको वास्तविक समस्या सम्बोधन गर्नुपर्नेमा बताए। थाहा खबर
Facebook Comments Box
