लुम्बिनीकी जनमत सांसद गीता गुरुङले दिइन् राजीनामा, लेखिन्- जनताले तिरेको कर खान मन लागेन

सेयर गर्नुहोस

काठमाडौँ : लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छिन्।

उनले पदमा रहेर जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नलागेर राजीनामा दिएको उल्लेख गरेकी छन्।

गुरुङ जनमत पार्टीकी समानुपातिक सांसद हुन्। उनले राजीनामा पत्रमा लेखेकी छिन्, ‘राष्ट्र, जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो। जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन। तसर्थ आजकै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु।’

सांसद गुरुङले आफ्नो सेवा र कार्यक्षमताप्रति आशा गरेर बसेका स्वाभिमानी जनताका आशाका किरण स्वलुप्त भइरहेको आभाष आफूलाई भइरहेको पनि राजीनामा पत्रमा उल्लेख गरेकी छन्।

‘मप्रति कार्यक्षमताको आशा गरी बसेका मेरा स्वाभिमानी जनता आमाबुवा, दाइभाइ, दिदीबहिनीलगायतका आशाका किरण स्वलुप्त भइरहेको मलाई आभास भइरहेको छ,’ उनले लेखेकी छिन्, ‘देश र जनताको पीर, मर्म मैले राम्ररी बुझेकी छु। तसर्थ राष्ट्र र जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो।’ थाहा खबर

Facebook Comments Box