गर्मीको समयमा सूचना नदिई विद्युत लाइन काटिनु आपत्तिजनकः सांसद शर्मा
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्माले जनतालाई सूचना नदिई विद्युत प्राधिकरणले पटक पटक लाइन काट्नु आपत्तिजनक भएको बताएकी छिन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले गर्मीको समयमा बिना सूचना लाइन काट्न जनता आहत भएको बताइन्। उनले जनताको जीवनमाथि खेलवाड नगर्न प्राधिकरणलाई आग्रह गरिन्। उनले यही साधन स्रोतले यसभन्दा अघि नियमित लाइन दिनसक्ने प्राधिकरण अहिले किन पटक पटक लाइन काटिरहन्छ भनेर प्रश्न गरिन्। जनतालाई सूचना नदिई गर्मीको समयमा यसरी लाइन काटिनु दुःखद् भएको भन्दै के यही प्रयोजनका लागि कुलमानलाई हटाउने परिस्थिति जन्मिएको हो भन्दै सांसद शर्माले प्रश्न गरिन्।
सांसद शर्माले विद्युत लाइन नियमितताका लागि रुलिङ गर्न सभामुखसँग माग गरिन्। थाहा खबर
Facebook Comments Box
