माओवादीको प्रश्नः पक्राउ पूर्जी जारी सांसद प्रधानमन्त्रीसँगै राख्ने सरकारको सुशासनको कुन नमूना हो ?

सेयर गर्नुहोस

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले लुम्बिनी प्रदेशका नेकपा (एमाले)का सांसद विष्णुप्रसाद पन्थीलाई पक्राउ नगरिएको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद बरालीले पक्राउ पूर्जी जारी भएका सांसद पन्थी प्रधानमन्त्रीसँग कुम जोडेर सार्वजनिक कार्यक्रममा बसिरहेको भएपनि पक्राउ नगरिएको भन्दै आपत्ति जनाए। प्रदेश सांसद पन्थी सोमवार लुम्बिनीमा आयोजित बुद्ध जयन्ती समारोहमा प्रमुख अतिथिको आसनमा सहभागी रहेका थिए।

उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी थिए। राजनीतिक पहुँचकै कारण सार्वजनिक कार्यक्रममा सहभागी हुँदा समेत प्रहरीले पक्राउ नगरेको भन्दै सांसद बरालीले सुशासनको कुन यो कस्तो नमूना हो ? भन्दै प्रश्न गरे।

सांसद बरालीले सरकारले गभर्नर नियुक्तिमा समेत ढिलाई गरेको उल्लेख गर्दै आम नागरिकले हेरिरहेको उल्लेख गरे। थाहा खबर

Facebook Comments Box