ओलीबाट भएका अलोकतान्त्रिक र असंवैधानिक काम संशोधन गर्न कांग्रेस नेतृत्व काे सरकार आवश्यक ः नेता सिंह

सेयर गर्नुहोस
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओलीबाट भएका अलोकतान्त्रिक र असंवैधानिक कामलाई संशोधन गरेर चुनावमा जान कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न लागिएको बताएका छन् ।

कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार गठन आफूहरुको रहर नभएको समेत उनले बताए ।

‘अनैतिक काम गर्ने सरकारलाई राखिराख्नु ठीक हुँदैन,’ आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कांग्रेस नेता सिंहले भने, ‘कांग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार गठन गरेर बाँकी रहेको समयमा अलोकतान्त्रिक किसिमले गठन गरेका, मनोनित गरेका, संविधानको भावनाविपरीत गरेका कामहरुलाई संशोधन गरेर चुनाव गराउनका लागि जोड दिनुपर्छ ।’

नेता सिंहले कतिपय कांग्रेस नेताहरुले पार्टीले गरेको निर्णय विपरीत अभिव्यक्ति दिने गरेको भन्दै त्यसले कांग्रेसलाई राम्रो नगर्ने बताए ।

‘जनतालाई राहत दिने, संसदलाई सुचारु गर्ने भनेपछि त्यसमा इमान्दारिता त सबैमा हुनुपर्यो नि होइन भने त कांग्रेस पब्लिकको नजरमा खस्किँदै जान बेर छैन,’ उनले भने ।

Facebook Comments Box