देशको समृद्धिको आधार महिलाको समान अधिकारः अध्यक्ष यादव

सेयर गर्नुहोस

धनुषा : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले महिलाको समानता विकासको आधार भएको बताएका छन् ।

जनकपुरमा समाजवादी महिला संघ, नेपालको राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले उन्नती र समृद्धिको आधार महिलाको समान अधिकार भएको उल्लेख गरे ।

उनले आज पनि महिलाहरूमाथि धेरै खालका विभेदहरु हुने गरेको भन्दै चिन्ता व्यक्त गरे । उनले महिलामाथि हुने विभेदमा एउटा लैङ्गिक असमानता रहेको बताए । नेपालमा तुलनात्मक रुपमा सबैभन्दा बढी महिला हिंसा मिथिला भूमिमै हुने गरेको बताए ।

अध्यक्ष यादवले शिक्षामा सबैभन्दा बढी महिला पछि परेको स्थान मधेस प्रदेश नै रहेको बताए । थाहा खबर

Facebook Comments Box