सरकारको नीति तथा कार्यक्रममा परिणाम न दृष्टिकोण, केवल भाषण : सांसद शाही

सेयर गर्नुहोस

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा परिणाम र दृष्टिकोण नभएको बताएका छन्।

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताउनुभएको हो। उनले देश अहिले आर्थिक र विकासको हिसावले गम्भीर सङ्कटको मोडमा रहेको बताउँदै प्रमुख सूचकाङ्कहरू डामाडोल अवस्थामा रहेको बताए।

उनले रोजगारी नहुँदा बेरोजगार युवाहरू विदेशीन बाध्य रहेको अवस्थामा सरकारले ल्याएको नीति तथा कार्यक्रमले आम नागरिकको पीडामा मलहम लगाउन नसक्ने जिकिर गरे। उनले सरकारको नीति तथा कार्यक्रम सुख्खा भाषण जस्तै सुनिएको टिप्पणी गरे।

उनले सरकारले नीतिमा रोजगारी सिर्जना, आत्मनिर्भर अर्थतन्त्र र समृद्ध नेपाल जस्ता कुरा गरे पनि अघिल्लो पटक राखिएका जनमुखी कार्यक्रमहरू कटौती गरेर नीतिलाई भाषण बनाएको जिकिर गरे। उनले विगतका वर्षका नीति तथा कार्यक्रमलाई विश्लेषण नगरी सात वर्ष अगाडिको नीति तथा कार्यक्रमको कपी पेस्ट देखिएको धारणा राखे।

उनले सरकारको नीति तथा कार्यक्रमले जनताको उत्साह जगाउनुको साटो निराशा थपेको बताए। थाहा खबर

Facebook Comments Box