भ्रष्टाचार देशको साझा रोग हो, आरोप–प्रत्यारोप गरेर मात्र समाधान हुँदैन : ठाकुर गैरे

सेयर गर्नुहोस

काठमाडौं : नेकपा (एमाले)का सांसद ठाकुर गैरेले भ्रष्टाचार र कमिसनको समस्या कुनै एक व्यक्ति वा दलको मात्र नभई सम्पूर्ण देशको साझा रोग भएको उल्लेख गर्दै यसको अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्ष सबैको सामूहिक प्रतिवद्धता आवश्यक रहेको बताएका छन्।

बिहीवार प्रतिनिधि सभामा सरकारको अगामी आर्थिक वर्षकको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद गैरेले भ्रष्टाचारको समस्या आरोप–प्रत्यारोप गरेर मात्र समाधान नहुने स्पष्ट पारे।

उनले भ्रष्टाचारमा संलग्न जुनसुकै दल र ओहोदाको व्यक्ति भए पनि उन्मुक्ति पाउन नहुने सांसद गैरेको भनाइ छ। उनले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सकारात्मक रहेको समेत बताए।

उनले शिक्षा, निजामति, प्रहरीसम्बन्धी विधेयकहरू यही अधिवेशनबाट पारित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य रहेको बताए।

सरकारले अघि सारेका नीति तथा कार्यक्रमहरूको सफल कार्यन्वयनको लागि सबैले सहयोग गर्न जरुरी रहेको उनको भनाइ छ। उनले सरकारले अघि सारेका युवा लक्षित कार्यक्रमहरूको सफल कार्यान्वयन गर्नसके बढ्दो युवा पलायन रोक्न सकिने उल्लेख गरे। थाहा खबर

Facebook Comments Box