१२ बैशाख २०८१, बुधबार

रेशम चाैधरी लगायत २०८ जनाकाे रिहाइ गराउन गृहलाई पत्र

फाइल तस्बिर

काठमाडौँ । जनता समाजवादी पार्टीले विभिन्न २४ मुद्धामा अभियोग लागेका २०८ जना आफ्ना पार्टीका नेता,कार्यकर्ता रिहा गर्न गृह मन्त्रालयलाई पत्र लेखेको छ ।

जसपासंगको छलफलपछि सरकारले राजनीतिक मुद्दाको प्रकृति उल्लेख गरी निर्देशिका बनाएको छ । सोही निर्देशिकाको आधारमा २०८ जना नेता/कार्यकर्ता रिहा गर्ने प्रक्रिया अघि बढाउन गृहमन्त्रालयमा पत्र पठाइएको जसपाका नेता सुरेन्द्र झाले जानकारी दिए ।
‘हामीले पठाएकोमा राजनीतिक मुद्धा नै छ । यसलाई गृह मन्त्रालयले हेर्छ र यस्तो यस्तो रहेछ भनी रुजु गर्छ’ नेता झाले अनलाइनखबरसंग भने, ‘पत्र गृहमन्त्रालयबाट कानुन मन्त्रालय हुँदै कानुनी रायसहित मन्त्रिपरिषदमा पुगेर निर्णय हुन्छ ।’

नेता झाका अनुसार ती २४ मुद्धामा अभियोग लागेका २०८ जना विभिन्न १३ जिल्लाका नेता/कार्यकर्ता हुन् । यो २०८ जनामा टीकापुर घटनामा दोषी ठहर भइ कैद भुक्तान गरिरहेका रेशम चौधरीदेखि प्रदेशको समाजिक विकास राज्यमन्त्री र स्थानीय तहका प्रमुखसमेत रहेका छन् ।

छानविन समिति गठन

जसपाले पठाएको विवरण अध्ययन गर्न गृहमन्त्रालयले एक जना सहसचिवको नेतृत्वमा छानविन समिति बनाएको छ । तर, छानविन समितिमा को को छन् भन्ने जानकारी दिन गृहमन्त्रालयले इन्कार गरेको छ ।

‘छानविन समिति बनेको छ । समितिले कार्यविधि बमोजिम प्रक्रिया पुगे नपुगेको, कागजपत्र पुगे , नपुगेको हेर्छ र रिपोर्ट पेश गर्छ’ गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताउनु भयाे भने ।गत फागुन २७ र २८ गते सरकार र जसपाबीच वार्ता भएको थियो ।
आफ्ना माग सम्बोधनका लागि जसपाले लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको कार्यदल गठन गरेको छ । अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सरकारको कार्यदलमा छन् ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट