पुरातन शैली र नेतृत्व बाधक नबनिदिए मुलुक आफैँ बन्छः विराजभक्त श्रेष्ठ
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारले ल्याएको नीति तथा कार्यक्रममा कुनै पनि समस्याको समाधान दिन सक्नेगरी नआएको बताएका छन्।
प्रतिनिधि सभाको बुधवारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अब मुलुक पुरातन शैली र पुरातन नेतृत्वबाट बन्न नसक्ने भएकाले पुरातन शैली र पुरातन नेतृत्व बाधक नबनिदिए युवाहरूले नै देश बनाउने दाबी गरे।
नीति तथा कार्यक्रममा नीति र कार्यक्रम छुट्याउन नसक्ने गरी आएको आरोप लगाउँदै उनले कार्यान्वयनको कमजोर श्रृंखला कायमै रहेको बताए। साथै, नीति तथा कार्यक्रममा आजको युवाको सोच र स्वभावसँग मेल खाने कुनै पनि प्ररकारको कार्यक्रम रहेको दाबी गरे। नीति तथा कार्यक्रम यथास्थितिको निरन्तरतामात्रै भएको र नीति तथा कार्यक्रममा दूर दृष्टि र आत्मनिर्भरताको अभाव देखिएको आरोप लगाए।
उनले प्राकृतिक विपत्तिका विषयमा छलफल र चिन्ता गरिने तर त्यसको पूर्व तयारीको अभाव रहेको समेत बताए। थाहा खबर
