नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन दिइनेछैन : शेरबहादुर देउवा

सेयर गर्नुहोस


काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने बताएका छन्।

सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल एक चीन नीतिमा स्पष्ट रहेको र नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पारे।

उनले चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृति, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्यलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गरे।

चीनले आगामी दिनमा नेपालको विकासमा थप सहयोग गर्ने विश्वास उनले व्यक्त गरे। उनले दुई मुलुकबीचको सांस्कृतिक, आर्थिक, सामाजिक र ऐतिहासिक साझेदारी सधैँ मजबुत रहेको बताए।

पारस्परिक सहकार्य, अन्तरराष्ट्रिय सम्बन्धमा पनि नेपाल र चीनले सहकार्य गर्दै आएको उनले उल्लेख गरे। दुई मुलुकबीच समानता, पारस्परिक हित, शान्तिपूर्ण सहअस्तित्व कायम रहेको बताए।

‘मित्रराष्ट्र चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृतिक, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ। मलाई विश्वास छ, चीनले आगामी दिनमा नेपालको विकासमा थप सहयोग गर्ने नै छ‚’ सभापति देउवाले भने, ‘नेपालले वन चाइना पोलिसी लिएको छ। मित्रराष्ट्र चीनको खिलाफमा नेपालको भूमि प्रयोग हुन दिइने छैन भन्ने विश्वास म दिलाउन चाहन्छु।’

सभापति देउवाले परापूर्वकालदेखि नै नेपाल र चीनबीचको मित्रताको सम्बन्ध अटल र अमर रहेको बताए। थाहा खबर

Facebook Comments Box