प्रधानमन्त्री र मन्त्रीहरूको वैदेशिक भ्रमणबारे संसदीय समिति अनभिज्ञ, माधव नेपालले गराए ध्यानाकर्षण
काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री तथा मन्त्रीहरूको वैदेशिक भ्रमण संसदीय समितिको जानकारीबिनै भइरहेको भन्दै आपत्ति जनाएका छन्।
आइतवार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री तथा मन्त्रीहरूले वैदेशिक भ्रमणबारे पूर्वजानकारी र ब्रिफिङ समितिलाई नगरेको भन्दै आपत्ति जनाएका हुन्।
विश्व समुदायमा भइरहेका कतिपय घटनामा नेपाल समेत जोडिएको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसबारे समितिलाई जानकारी गराउन समितिका सभापतिको ध्यानाकर्षण गराए। अध्यक्ष नेपालले कुनै पनि मन्त्री वा प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा जानुपूर्व जानकारी र आइसकेपछि ब्रिफिङ गर्ने कुरालाई अनिवार्य बनाउन समेत माग गरे।
उनले सौर्य जहाजको विषयमा सम्बन्धित मन्त्री र पीडित पक्षहरूबीच संसदीय समितिमा छलफल हुनुपर्ने बताए। थाहा खबर
