चीनमा अल्पसंख्यक उईघुरमाथिको दमनलाई डच संसदद्धारा नरसंहारको संज्ञा

सेयर गर्नुहोस


एजेन्सी । चीनमा मुस्लिम अल्पसंख्यक उईघुर समुदाय माथिको दमन नरसंहार रहेको भन्दै नेदरल्याण्डमा संसदले गैर बाध्यकारी प्रस्ताब पारित गरेको छ ।
चीनमा अल्पसंख्यक उईघुर बिरुद्धको सरकारी दमनलाई नरसंहारको संज्ञा दिँदै नेदरल्याण्डमा संसदले प्रस्ताब पारित गरेको हो । युरोपमा पहिलो पटक नेदरल्याण्डले चीनमा अल्पसंख्यक उईघुरमाथिको दमनबारे यस्तो कदम लिएको हो । उईघुर अल्पसंख्यकमाथि नरसंहार भइरहेको संसदको प्रस्ताबमा उल्लेख छ ।
सिन्जियाङमा नरसंहार भएको आरोप झुट रहेको र नेदरल्याण्डले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको नेदरल्याण्डस्थित चिनियाँ दुतावासले टिप्पणी गरेको छ । चीनको सिन्जियाङमा दश लाख भन्दा धेरै मुस्लिम उइघुरहरुलाई बन्दी बनाइएको संयुक्त राष्ट्रसंघीय अधिकारकर्मीहरुले बताउँदै आएका छन् ।

अन्तराष्ट्रिय मानवअधिकारकर्मी तथा पश्चिमी राजनीतिज्ञहरुले चीनमा सरकारले उईघुरमाथि यातना दिने, बाध्यकारी श्रम तथा बन्ध्याकरण गर्ने जस्ता दमन गरिरहेको आरोप लगाउँदै आएको छ । तर, चीन सरकारले भने उक्त आरोपको खण्डन गर्दै सिन्जियाङमा व्यावसायिक प्रशिक्षण प्रदान गर्ने गरेको दाबी गर्दै आएको छ । स्रोत रोयटर्स

Facebook Comments Box