८ आश्विन २०८०, सोमबार

अन्तर्राष्ट्रिय बालअधिकार दिवसमा विविध कार्यक्रम


बालक्लबबीच हाजिरी जवाफ प्रतियोगिता

quiz-1-copyसीताराम चौधरी, चन्द्रौटा(कपिलवस्तु), ५ मंसिर । अन्तर्राष्ट्रिय बालअधिकार दिवस विविध कार्यक्रम गरी मनाइएको छ । सोही अवसरमा कपिलवस्तुको चन्द्रौटामा बालक्लबहरुबीच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
बालबालिकाहरुको अन्तरनिहीत क्षमता प्रस्फुटन गर्न र अतिरिक्त क्रियाकलापप्रति बालबालिकाहरुको रुची अभिवृद्धि गर्न हाजिरी जवाफ प्रतियोगिता गरिएको हो । कालिका स्वावलम्बन सामाजिक केन्द्रद्वारा आयोजित प्रतियोगितामा कूल ८ बालक्लबका समूहबीच प्रतिष्पर्धा भएको थियो । जसमा डााफे मुनाल बालक्लब विरपुरको समूह प्रथम स्थान हात पार्न सफल भएको छ । यसैगरी प्रतियोगितामा नवबिहानिया बालक्लव बरकुलपुर द्वितीय र जनचेतना बालक्लव जवाभारी तृतीय स्थान हासिल गरे । कार्यक्रममा भुगोल, विज्ञान, नेपाली, साहित्य, गणित, सामान्य ज्ञान सम्बन्धी प्रश्न सोधिएको थियो ।
बालबालिकाहरुको बौद्धिक क्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ सेभ द चिल्ड्रेनको सहयोगमा कार्यक्रमको आयोजना गरिएको कालिका स्वावलम्बन सामाजिक केन्द्रका अध्यक्ष सुन्दर केशब गुप्ताले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्यालले विजयी समूहका बालबालिकाहरुलाई बधाई दिंदै बालबालिकाहरुले चौतर्फी क्रियाकलापमा चासो देखाउनुपर्नेमा जोड दिनुभयो । साथै प्रतियोगितामा भाग लिने सम्पूर्ण बालबालिकाहरुलाई समेत उहााले सफलताको शुभकामना दिनुभएको थियो । यसैगरी कार्यक्रममा शिवराज नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद ढकालले समेत बालबालिकाहरुको उज्ज्वल भविष्यको कामनासहित धारणा राख्नुभएको थियो ।
विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी सहितको उपस्थिति रहेको कार्यक्रममा दिपक भण्डारी र अर्जुन थापाले सहजीकरण गरेका थिए । कालिकाले जिल्लाका २१ वटा गा.वि.स.मा १सय ७७ बालक्लव गठन गरी बालबािलकाको क्षेत्रमा कार्यक्रम गर्दै आएको छ ।


धेरै कमेन्ट गरिएका

ताजा उपडेट