खेती किसानीका समय पेट्रोलियम पदार्थको मूल्य बृद्धि

काठमाडौं । किसानलाई आवश्यक पर्ने वेला मै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा २ रुपैयाँ प्रतिलिटर मूल्य वृद्धि गरेको हो।
योसँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १०३ रुपैयाँ पुगेको छ। निगमले हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् राखिएको जानकारी दिएको छ।
Facebook Comments Box
