७ बैशाख २०८१, शुक्रबार

टीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानद्वारा प्रधानमन्त्री ओलीसँग भेटवार्ता

राताेपाटी

काठमाडौं । टीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको छ । विहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई अभियानले टीकापुर घटनाबारे यथार्थ जानकारी गराएको थियो । अभियानका तर्फबाट संयोजक सुरेन्द्र चौधरी, भुवनेश्वर चौधरी र डा. सुरेन्द्र झा सहभागी थिए ।
भेटघाटमा राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाको समेत उपस्थिति रहेको थियो ।
उक्त अभियानका अभियान्ता सुरेन्द्र झाले भने, ‘टीकारपुर घटना राष्ट्रिय घटना हो र यसलाई कुनै समुदाय विशेषसँग जोडेर मात्र हेरिनु हुँदैन । यसमा निर्दोष मानिसहरुलाई फसाइएको हुनाले तिनले न्याय पाउनु पर्छ भनेर गत ३ महिनामा गरेको क्रियाकलापहरुको जानकारी गराएका छौं । हामीले संकलन गरेको बिभिन्न तथ्य र प्रमाणहरुको दस्ताबेज समेत उहाँलाई हस्तान्तरण गरेका छौं ।’

प्रधानमन्त्रीलाई आफूहरुले निर्दोष मानिसहरुलाई अन्याय नहोस भनेर समेत अनुरोध गरेको उनको भनाइ छ । त्यसको जवाफमा प्रधानमन्त्री ओलीले दोषीलाई उन्मुक्ति दिने कार्य नहुने भन्दै निर्दोषलाई सजाय नहोस भन्नेमा आफ्नो सहयोग र प्रयास रहने बताएका थिए ।

‘टीकापुर घटना दुःखद हो । थारूहरूलाई बदनाम गराउने दुष्प्रयास गराएको हो । असली दोषी समेत मलाई थाहा छ । सत्य तथ्य बाहिर छिट्टै आउने कुरामा विश्वस्त रहुनहोस्,’ प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै झाले भने ।

न्यायालयमाथि पूर्ण विश्वास रहेको बताउँदै अभियानले सङ्कलन गरेको तथ्य र प्रमाणहरु सहयोगी हुने प्रधानमन्त्रीको भनाइ थियो ।

ओलीले भने, ‘हिंसालाई स्विकार गर्न सकिँदैन । शान्तिपूर्ण ढंगले आफ्नो कुरा राख्न पाउने लोकतान्त्रिक अधिकारलाई मैले उच्च प्राथमिकतामा राखेको छु ।’ अभियानले न्याय पाउन बिलम्ब नहोस् भनेर प्रधानमन्त्रीको ध्यानाकृष्ट गरेको झाले बताए । साभार: राताेपाटी

धेरै कमेन्ट गरिएका

ताजा उपडेट