बिमस्टेक देशकाे बैठक सम्पन्‍न

सेयर गर्नुहोस

काठमाडौँ । बिमस्टेक देशका उच्च अधिकारीहरुको बैठक बुधबार सम्पन्न भएको छ । भर्जुअल माध्यम मार्फत सम्पन्न सो बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव भरतराज पौडेलको सहभागिता थियो ।

बिहिबार हुने परराष्ट्रमन्त्रीहरुको बैठकको तयारीको लागि सो वैठकको अयोजना गरिएको छ । सो बैठकमा बिमस्टेको शिखर सम्मेलनको मिति, बिमस्टेक स्वतन्त्र ब्यापार सम्झौता लगायतका विषयमा छलफल भएको अधिकारीहरुले बताएका छन् । बिमस्टेकको वर्तमान अध्यक्ष श्रीलंकाले सो वैठकको आयोजना गरेको हो । प्रमुख राष्ट्र भारत लगायत पाकिस्तान बाहेकका दक्षिण एसियाका देशहरुकाे साझा संजालकाे रुपमा बिमस्टेकले अल्पविकसित , बिकाशसिल देशहरुलाइ विभिन्न क्षेत्रमा पारस्परिक प्रविधिक, आर्थिक सहयाेग गर्दे आएकाे छ ।

Facebook Comments Box