सनिउल्ला धोबी,कपिलवस्तु मंसीर ६
सामाजिक सद्भाव कायम गरौ, सबै धर्मको सम्मान गरौ भन्ने उदेश्यले चन्द्रौटा तेस्रो कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको मा इस्लाम धर्मको प्रवित्र किताब कुरान वितरण गरिदै छ ।
सामाजमा रहेका सबै धर्मको सम्मानका लागि एक अर्काको धर्मको बारेमा अध्ययन हुनु जरुरी भएको भन्दै कुरान लिएको शिवपुरका हरी शरणले बताउनु भयो ।
कपिलवस्तुको चन्द्रैटामा मंसीर २ गते बाट सुरु भएको महोत्सवमा हालसम्म एक हजार भन्दा बढीले पवित्रा कुरान लिएको बताइएको छ ।
मरकाजी जमियत अहले हदिश नेपाल काठमाण्डाँै शितापाइलामा रहेको संस्थाले स्टाल नंम्बर १० मा निशुल्का रुपमा कुरान वितरण गरेको छ ।
महोत्सवमा आउने प्रायले कुरान अध्ययन गर्नका लागि लिने गरेको बताएका छन ।
मंसीर २ गते महोत्सव उद्घाटना गर्न आएका कृषी मन्त्री गौरी शंकार चौधरीले पनि इस्लाम धर्म अध्ययन गर्नका लागि कुरान लिनुभएको हो ।
नेपाली भाषामा अनुवादित भएकोले सबैले कुरान लिने गरेको मरकाजी जमियत अहले हदिश नेपालका सहबुद्धिन खानले बताउनु भयो ।
3