पाकिस्तानका राजदुत हैदर भेटघाट मै व्यस्त
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र हालै जिम्मेवारी सम्हाल्नु भएका नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदरबीच शिष्टाचार भेटवार्ता भएको छ । विहीबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत हैदरलाई सफल कार्यकालको शुभकामना दिए ।
सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६१ बर्ष लामो कूटनीतिक सम्बन्धमा कहिल्यै तिक्तता नआएको बताउँदै दुई देशका जनताबीचको सम्बन्ध अझ पुरानो रहेको चर्चा गरे । उनले निर्मल पुर्जा मगर नेतृत्वको नेपाली हिमाल आरोहीहरूले यसै बर्ष पाकिस्तानको केटु हिमाल आरोहणमा प्राप्त गरेको ऐतिहासिक सफलतापछि पाकिस्तानका प्रधानमन्त्री, सेना प्रमुख लगायतले गरेको न्यानो स्वागत र प्रदान गरेको हौसलाका लागि आभार व्यक्त गरे ।
Facebook Comments Box
