१४ बैशाख २०८१, शुक्रबार

कृष्णनगरमा फाल्गुनाेत्सवकाे तैयारी पूरा


कृष्णनगर, चैत्र १० ।
श्रीश्याम भक्त मण्डलद्वारा कृष्णनगरमा फाल्गुनाेत्सव कार्यक्रम आयाेजना गरिएकाे छ ।
यहि चैत्र १२ गते विहिबार राणी सती मन्दिर बढनीदेखि प्रत्येक बर्ष झैं भव्यरुपले सत्ताइसाैं निशान शाेभा यात्रा निकाल्ने आयाेजक मण्डलले जनाएको छ । बिहान ७ बजे अखण्ड ज्याेति प्रज्वलित गरि यात्रा आरम्भ गरि कृष्णनगर परिक्रमा गर्ने कार्यक्रम रहेकाे मण्डल सदस्य अरविन्द कंछलले बताएका छन । विशेषगरि मारवाडी समुदायले विधिवत रुपमा मनाउने निशान शाेभा यात्रा यसपाली धर्म जागरणमा कुवडि लीला ,सुदामा चरित्र महारास पनि हुने भएकाे छ। कृष्णनगरकाे लक्ष्मी नारायण मन्दिरमा सांझ साढे सात बजेदेखि भजन किर्तन समेत हुने भएकाले कार्यक्रमलाई सफल बनाउन कृष्णनगरका स्थानिय बिक्रम सिंघल, मनिष सिंघल, हिमान्सु कंछल, मदमाेहन अग्रवाल,बालकृष्ण सिंघल,जाेत अग्रवाल, राज कुमार तिव्रेवाल,मनिष बाजाेरिया, केशव तिव्रेवाल, कमलेश अग्रवाल र दीपक खेतान लगायतले सर्वासाधारणलाई अनुराेध गरेका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट