निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा गृहमन्त्री बादल कै संलग्नता : संग्राैला

काठमाडौं। लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’कै संलग्नता रहेकाे आरोप लगाउनु भएको छ ।
सोमबार सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै संग्रौलाले गृहमन्त्रीको संलग्न रहेकाले घटनापछि बालदल निरिह बनेको आरोप लगाउनु भएको छ । त्यही निरिहतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता स्वार्थ राखेर ‘ब्ल्याकमेलिङ’ गरेको उहाँले आरोप लगाउनु भएको छ ।
त्यस्तै समयक्रमसँगै धेरै कुराहरु खुल्दै जाने संग्रौलाको दावी छ ।
संग्राैलाले लेख्नु भएकाे स्टाटस
“निर्मला पन्तको बलात्कार पछि हत्यामा राम बहादुर थापा ‘बादल’को संम्लग्नताले उनी निरिह बने। उनको निरिहपनलाई केपी ओलीले ब्ल्याक्मेलीङ गरिरहेका छन । आफ्नो सत्ता स्वार्थलाई। धेरै कुरा समयक्रममा खुल्दै जाने छ।”
Facebook Comments Box
