संविधान संशोधन गरी मधेसको समस्या हल हुनुपर्छ – पौडेल

सेयर गर्नुहोस

Ramchandra Paudel५ मंसिर ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन तत्कालै अगाडि बढ्ने बताएका छन् ।

   नेपाली काँग्रेस निजगढ नगर समितिले आयोजना गरेको कार्यकर्ता भेलालाई बाराको निजगढमा सम्बोधन गर्दै नेता पौडेलले मधेसको जायज माग पूरा गरी संविधान कार्यान्वयनमा जानुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गरे ।

नेपाली कांग्रेसले तरार्ई मधेस केन्द्रित कार्यक्रमअन्तर्गत निजगढमा भेटघाट कार्यक्रम गरेको हो । वीरगन्जबाट सुरु भएको ‘तरार्ई अभियान’ अन्तर्गत शुक्रबार बाराको सदरमुकाम कलैयामा कार्यक्रम भएको थियो ।

नगर सभापति महेसी कुमरले अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य रामकृष्ण यादव, पूर्वसभासद् शोभाकर पराजुलीलगायतको उपस्थितिमा सम्पन्न कार्यक्रमको स्वागत नगर सचिव रोशन पाख्रिन र महासमिति सदस्य पेमासिद्धि लामा, सुरेश खनालले मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा विभिन्न अन्य पार्टीबाट नेपाली कांग्रेस प्रवेश गर्ने ८० जनालाई प्रमुख अतिथि पौडेलले फूलमाला र अबिरले स्वागत गरेका थिए ।

नेपाली कांग्रेसले तराई मधेसमा आफ्ना गतिविधि सञ्चालन गर्न नसकेको आरोप लागिरहेका बेला काँग्रेसले ‘तरार्ई अभियान’ थालेको हो ।

Facebook Comments Box