प्रधानसेनापति र पाकिस्तानी राजदूतबीच भेटवार्ता

काठमाडौ , चैत्र २ । नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत हैदर शाहले प्रधानसेनापति पूर्णचन्द्र थापासँग सोमबार भेटवार्ता गरेका छन् । थापालाई भेट्न हैदर सैनिक मुख्यालय जंगी अड्डा पुगेकाे कान्तिपुरमा खबर छ ।
नेपाली सेनाका अनुसार उक्त भेट प्रधानसेनापति थापाको कार्यकक्षमा भएको थियो । सो भेटमा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ ।
‘यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Facebook Comments Box
