बैंकहरुलाई घरेलु उद्योगमा लगानी अनिवार्य गरिँदै
५ मंसिर, काठमाडौं । सरकारले घरेलु तथा साना उद्योग प्रवर्धनका लागि बैंक तथा वित्तीय संस्थालाई यस क्षेत्रमा अनिवार्य लागनीको व्यवस्था गर्ने भएको छ ।
उद्योग मन्त्रालयले लघु, घरेलु तथा साना उद्योगको प्रवर्धनका लागि कुल लगानीको ३ प्रतिशत अनिवार्य लागानी गर्नुपर्ने व्यवस्था गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ ।
अर्थको सकारात्कम संकेतपछि उद्योग मन्त्रालयले यसको औपचारिक प्रस्ताव गरेको आजको कारोबारदैनिकमा समाचार छ ।
बैंकहरुलाई कुन क्षेत्रमा कति लागनी गर्ने भन्ने समबन्धमा नेपाल राष्ट्र बैंकको नीति नै अन्तिम हुनेछ । अर्थ मन्त्रालयको निर्देशनपछि केन्द्रीय बैंकले लगानीको ३ प्रतिशत सम्बन्धी व्यवस्था कार्यान्वयकमा ल्याउनेछ ।
लुघ, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच बढाउन सरकारले बैंकहरुलाई लगानीको सीमा तोक्न लागेको हो ।
3