केपी ओलीकाे एकतर्फी निर्णय अस्विकार : नेपाल

काठमाडौँ । नेकपा एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीद्वारा एकलौटी रुपमा पार्टीमा गरिएको हेरफेर अस्वीकार गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले ओलीबाट एकलौटी रुपमा गरिएको फेरबदल अस्वीकार गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए ।
पार्टीको विधान विपरित एकतर्फी रुपमा गरिएको निर्णयको प्रतिवाद गर्ने बैठकको निर्णय रहेको उनले बताए । उनले भने, ‘यो फेरबदल हामीलाई स्वीकार्य छैन। केपी ओलीको एकतर्फी निर्णय मान्न सकिन्नँ । विधान र कानुन विपरित केपी ओलीले गरेको एकतर्फी निर्णय मान्ने कुरै छैन।’
अब कसरी अगाडि बढ्ने भन्नेबारे हामी पुनः छलफल गरेर निर्णय गरिएको उनले बताए । यस्तै बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले ओलीले एक्लै गरेको निर्णय अस्वीकार गर्ने धेरैको मत रहेको बताए । ‘ओलीले बैठक राखेर नेताहरुको जिम्मेवारी हेरफेर र खारेज गर्ने भन्ने कुरा आएको छ । यदि त्यसो हो भने त्यो निर्णय अवैधानिक छ । बालुवाटारमा गुटको भेला बोलाएर स्वेच्छाचारी ढंगले काम गर्नुभयो यसको हामीले समिक्षा गरेका छौ, ’ नेता रावलको भनाई छ ।
उनले पार्टी नीति विपरित काम भएकाले त्यसको शसक्त विरोध गर्न देशभरीका एमाले नेता कार्यकर्तालाई आव्हान गर्ने ठहर गरेको जानकारी दिए । त्यस्तै ओलीले नेकपा एमाले सग्लै रहे नेपालको कम्युनिस्ट आन्दोलन व्युतिन्छ भन्ने लागेर ओलीले एमालेलाई समेत फुटाउने दुरासय राखेर उक्त निर्णय गरेको हुनसक्ने माधव पक्षको निश्कर्ष निकालेको छ ।
‘हामी यो अनाधिकृत, गुटगत, स्वेच्छाचारी र नेकपा एमालेको विधान विपरित जुन काम छ यसको हामीले विरोध गर्छौ र अस्वीकार गर्छौ’, बैठकपछि नेता रावलले सञ्चारकर्मीलाई जानकारी दिए ।
उनले ओली कदमका निर्लज्ज कदमका बारेमा गृहकार्य गर्दै भावी रणनीति बनाउने समेत बताए । बाधा अड्काउ फुकाउ कुनै सानो कुरा पनि केन्द्रीय कमिटीले गर्छ । एमालेको विधानमा १४ जना पदाधिकारी र केन्द्रीय सदस्यहरु राष्ट्रिय महाधिवेशनबाट निर्वाचित गर्ने व्यवस्था छ । तर ओलीले सो विधान विपरित पदाधिकारीहरूको जिम्मेवारी खोस्दै अन्यलाई नियुक्ति गरेका छन् । राताेपाटीमा खबर छ ।
