१५ फाल्गुन २०८०, मंगलवार

तात्दै चन्द्रौटा महोत्सव

कलाकारहरुको प्रस्तुतिले दर्शकहरुको आकर्षण बढ्दै

 

 सीताराम चौधरी /चन्द्रौटा , ४ मंसिर ।
कपिलवस्तुको चन्द्रौटामा संचालन भएको “तेस्रो कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७३” ले चन्द्रौटा बजार तात्दै गएको छ ।
“कृषि पर्यटन उद्योग र व्यापार, आर्थिक समृद्धिको मूल आधार” भन्ने मूल नारासहित यही मंसिर २ गतेदेखि संचालन भएको महोत्सव विविध आकर्षणले तात्दै गएको हो । उद्घाटनका दिन दर्शकहरुको उल्लेख्य सहभागिता रहेको महोत्सवमा दिनप्रति दिन दर्शकहरुको आकर्षण बढ्दै गएको महोत्सव मूल आयोजक समिति संयोजक महादेव पोखरेलले बताउनुभयो । महोत्सवको दोस्रो दिन मंसिर ३ गते ख्यातीप्राप्त राष्ट्रिय लोकदोहोरी गायक विष्णु खत्री, पप तथा आधुनिक गायक सुनिल गिरी र हास्य कलाकार विष्णुजी पाण्डे ‘माइला बा’ को प्रस्तुतिसागै दर्शकहरु झुमे । कलाकारहरुको प्रस्तुतिमा भुलेका दर्शकले रात परेको समेत वास्ता गरेनन् । सााझको झमक्कै अध्याारो ७ बजेसम्म पनि स्टेज अगाडि दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
अर्कोतर्फ काठमाडौंको हरिडान्स ग्रुप, छमछमी कलाकेन्द्र, चन्द्रौटा डान्स आइडलले समेत महोत्सव तताएका छन् । यसैगरी महोत्सवमा राखिएको बालउद्यानमा समेत मनोरञ्जन गर्नेको भिडभाड बढ्दै गएको महोत्सव मूल आयोजक समितिका सदस्य सचिव जगत पौडेलले बताउनुभयो । यस पटकको चन्द्रौटा महोत्सवमा मौतका कुावा, ड्राइगन ट्रेन, रेन्जर, स्टेडिङ कार, सेलम्बो, ब्रेक डान्स, टोराटोरा, जोइन्ट बेल पिङ, कोलम्बस, किरोस लगायतका दश बढी ठूला मनोरञ्जनका साधनहरुले दर्शकहरुलाई आकर्षित पारेको छ । यस्तै थ्री एण्ड वन, मिक्की माउस, धुम, नैनो, मारुती चक्री लगायतका अझै एक दर्शन साना बालउद्यानले बालबालिकाहरुको आकर्षणको केन्द्रविन्दु बनेको छ ।
यसका साथै महोत्सवमा शैक्षिक प्रदर्शनी, कम्प्यूटर प्रविधिका विभिन्न उपकरण, कृषि जन्य वस्तुका प्रदर्शनी लगायत विभिन्न वस्तुहरुको विक्रीवितरणका स्टलले महोत्सव अवलोकनकर्ताहरुलाई भुलाएको आयोजकको दाबी छ ।
महोत्सवको तेस्रो दिन शनिबार दर्शकहरुको उल्लेख्य सहभागिता रहने आयोजकको विश्वास रहेको छ । दर्शकहरुको आकर्षणका लागि लोकदोहोरी गायक खुमन अधिकारी, लोक गायिका बन्दना पाण्डे, आधुनिक गायक रुपक डोटेल र हास्य कलाकार सन्दीप क्षेत्रीको विशेष प्रस्तुति रहने सांस्कृतिक संयोजक अर्जुन सापकोटाले जानकारी दिनुभएको छ । यसका साथै हरिडान्स ग्रुप र छमछमीको समेत विशेष प्रस्तुति रहने सांस्कृतिक संयोजक सापकोटाले बताउनुभयो । यस्तै मंसिर ५ गते आइतबार लोक गायिका देवी घर्ती, आधुनिक गायक हेमन्त शर्मा लगायतका राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजक संस्था व्यापार संघ कपिलवस्तुले जनाएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट